महाकाली नगरपालिकको वेवसाइटमा तपाईहरुलाई स्वागत छ।

महाकाली नगरपालिका दार्चुलाको संक्षिप्त परिचय

नेपाल राज्यको पुनः संरचना संगै नेपाल राज्यको सुदुर पश्चिम प्रदेश अन्तर्गत दार्चुला जिल्लाको सदरमुकाम खलंगा वरपरका क्षेत्रहरु खलंगा,छापरी, काँटै धाप र दत्तु (साविक अपी नगरपालिका वडा नं. १४ देखि १७ सम्म र दत्तु गा.बि.स.) लाई समायोजन गरेर हिन्दुहरुको पबित्र धर्मस्थल मानसरोबरको प्रवेशद्धार, हिमालयको काख, महाकाली नदीको किनारमा महाकाली लोकमार्ग संगै जोडिएको ९ वटा वडाहरु रहेको महाकाली नगरपालिकाको मिति २०७३/११/२५ गते घोषणा भएको नगरपालिका हो ।  यस नगरपालिकाको पूर्वमा नौगाड गाउँपालिका, पश्चिममा भारत, उत्तरमा दुहूँ गाउँपालिका र दक्षिणमा शैल्य शिखर नगरपालिका र मालिकार्जुन गाउँ पालिका संग सिमाना जोडिएको छ । महाकाली नगरपालिकाले कुल १३५.११ वर्ग कि.मी. क्षेत्रफल ओगेटेको छ भने जम्मा जनसंख्या २१२३१ रहेको छ ।  

महाकाली नगरपालिका उच्च हिउँ पर्ने हिमाली क्षेत्र देखि नदी किनारामा रहेका फाँटहरुलाई समेटेर बनेको छ । धार्मिक एवं साँस्कृतिक शक्ति पिठहरु मौलिक साँस्कृति,  प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले महाकाली नगरपालिका पर्यटनको प्रचुर सम्भावना बोकेको छ । प्रकृतिको अनुपम नमुनाको रुपमा जैविक विधितता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाती, भाषाभाषी धर्मावलम्बिहरुको साझा बसोबास रहेको छ ।